आज यूरोपियन यूरो र मलेसियन रिँगिटको भाउ बढ्यो

काठमाडौं । आज फागुन २२ गते बिहीबार यूरोपियन यूरो र मलेसियन रिँगिटको भाउ बढको छ । आइतबार देखि बुधबारसम्म निरन्तर उकालो लागेको अमेरिकी डलरसहित धेरै देशको मुद्राको भाउ आज भने स्थिर रहेको छ ।

आज अमेरिकी डलर एकको खरिददर १ सय १६ रुपैयाँ ८६ पैसा तथा बिक्रिदर १ सय १७ रुपैयाँ ४६ पैसा रहेको छ।यूरोपियन यूरो एकको खरिददर १ सय ३० रुपैयाँ ३२ पैसा तथा बिक्रिदर १ सय ३० रुपैयाँ ९९ पैसा रहेको छ।

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १ सय ४९ रुपैयाँ ४२ पैसा र बिक्रिदर १ सय ५० पैयाँ १८ पैसा रहेको छ।साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ १४ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ३० पैसा रहेको छ।

त्यस्तै कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ १० पैसा रहेको छ भने बिक्रिदर ३२ रुपैयाँ २६ पैसा रहेको छ।युएई दिराम एकको खरिददर ३१ रुपैयाँ ८२ पैसा छ भने बिक्रिदर ३१ रुपैयाँ ९८ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ९५ पैसा तथा बिक्रिदर २८ रुपैयाँ १० पैसा रहेको छ।

कुवेती दिनार एकको खरिददर ३ सय ८१ रुपैयाँ ९० पैसा तथा बिक्रिदर ३ सय ८३ रुपैयाँ ८६ पैसा रहेको छ।बहराईन दिनार एकको खरिददर ३ सय ९ रुपैयाँ ९३ पैसा तथा बिक्रिदर ३ सय ११ रुपैयाँ ५२ पैसा रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *